Home मुख्य रास्वपाको अस्तित्व नै हुँदैन भन्नेहहरुलाई रविको दनक

रास्वपाको अस्तित्व नै हुँदैन भन्नेहहरुलाई रविको दनक

161
0

काठमाडौँ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएको २ वर्ष भएको अवसरमा गृहमन्त्री रवि लामिछानेले आफ्नो ट्वीटरमा एक पोस्ट गर्दै अस्तित्व नै रहँदैन भन्नेहरुले रास्वपा खस्कदो छ भन्दै आर्टिकल लेख्न थालेको बताएका छन। उनले कयौं कठिनाईलाई चिर्दै जनताको आशा र अपेक्षालाई पुरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्।

उनी भन्छन् “बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ।”

साथै थप जस्ताको तस्तै

“रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ।आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं। कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ। २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज “रास्वपा खस्कदो छ” भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई “घण्टी”मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं।

साथीहरू,घण्टी सिंहदरबार पस्यो,यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्।

सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना”

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here