Home मुख्य त्रि विका ६२ आंगिक क्याम्पसमध्ये ४२ मा स्ववियु चुनाव सम्पन्न, बाँकीमा विवाद

त्रि विका ६२ आंगिक क्याम्पसमध्ये ४२ मा स्ववियु चुनाव सम्पन्न, बाँकीमा विवाद

161
0

काठमाडौं ! त्रि वि (त्रिभुवन विश्वविद्यालय) का ६२ वटा आंगिक क्याम्पस मध्ये ४२ वटामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव सम्पन्न भएको छ। ५ गते ३८ क्याम्पसमा र त्यसपछि ४ वटा क्याम्पस गरी कुल ४२ आङ्गिक क्याम्पसमा चुनाव सम्पन्न भएको त्री विले जनाएको हो। हालसम्म २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरूमा पनि स्ववियु चुनाव सम्पन्न भइसकेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना भने आज हुँदैछ।

चुनावका नतिजा अनुसार, नेविसंघले १६ आंगिकसहित ११५ क्याम्पसमा जित हासिल गरेको छ भने अनेरास्ववियुले १३ आंगिकसहित १०३ क्याम्पसमा जित प्राप्त गरेको छ। अखिल (क्रान्तिकारी)ले १० आंगिकसहित ८५ क्याम्पसमा विजय प्राप्त गरेका छन्।

विभिन्न विवादका कारण अझै २० वटा आंगिक क्याम्पसहरू चुनाव हुन बाँकी रहेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here