Home मुख्य काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य विज्ञहरूद्वारा सतर्कता अपनाउन सुझाव

काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य विज्ञहरूद्वारा सतर्कता अपनाउन सुझाव

219
0

काठमाडौं! आईक्यू एयरको हालैको प्रतिवेदन अनुसार, इराकको बगदाद शहर विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ, भने नेपालको राजधानी काठमाडौँ दोस्रो स्थानमा रहेको छ।

काठमाडौँको वायु गुणस्तर अत्यन्तै ‘अस्वस्थकर’ स्तरमा पुगेको बताइएको छ, जसले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा घरमै बसेर काम गर्न र बाहिरी गतिविधिहरू सकेसम्म कम गर्न सुझाव दिएका छन्। यदि अत्यावश्यक कामले बाहिर जानै परे, मास्क लगाउने, सुरक्षात्मक उपायहरू अपनाउने, तथा प्रदूषणको असर कम गर्न सचेत रहन विज्ञहरूले आग्रह गरेका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here