Home मुख्य कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन

395
0
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुखको पक्षमा सडकमा उत्रिए समर्थक

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको समर्थनमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले घिसिङलाई कार्यकारी राष्ट्रपतिमा नियुक्त गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

बिभिन्न युवाहरू, नागरिक समाजका प्रतिनिधिहरू र घिसिङप्रति समर्थन जनाउने अभियानकर्ताहरू सडकमा उत्रिएर “कुलमान राष्ट्रको ढुकढुकी हुन्”, “कार्यकारी राष्ट्रपतिमा कुलमान चाहिन्छ” जस्ता नारा लगाएका थिए।

प्रदर्शनकारीहरूले कुलमान घिसिङको कार्यकालमा देशमा लोडसेडिङ अन्त्य भएको, संस्थागत सुधार देखिएको र निष्ठावान नेतृत्वको नमूना प्रस्तुत भएको उल्लेख गर्दै उनलाई राष्ट्रिय नेतृत्वमा ल्याउनुपर्ने आवाज उठाएका हुन्।

यद्यपि, हालसम्म कुलमान घिसिङले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

#कुलमान_घिसिङ#कार्यकारी_राष्ट्रपति#नेपाल_विद्युत_प्राधिकरण#काठमाडौं_प्रदर्शन#नागरिक_आन्दोलन#लोडसेडिङ_अन्त्य#सुधारवादी_नेतृत्व#NepalPolitics#SupportForKulman

 

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here