Home मुख्य काठमाडौंमा राप्रपा, शिक्षक महासंघ र सहकारी पीडितहरूको फरक  फरक प्रदर्शन

काठमाडौंमा राप्रपा, शिक्षक महासंघ र सहकारी पीडितहरूको फरक  फरक प्रदर्शन

374
0

काठमाडौं ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ, र सहकारी तथा लघुवित्त पीडितहरू एकै दिन काठमाडौंका विभिन्न स्थानमा आ-आफ्ना माग राख्दै सडकमा उत्रिएका छन्। राप्रपाले गणतन्त्रको अन्त्य, राजतन्त्रको पुनःस्थापना र धर्मनिरपेक्षताको खारेजको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो। उनीहरूले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई अस्थिरतामा धकेलेको भन्दै परिवर्तनको माग गरेका छन्।

यसैबीच, नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ। उनीहरूले उक्त विधेयक शिक्षकमैत्री नभएको र यसले शिक्षालयहरूको स्वतन्त्रता खतरामा पार्ने तर्क गर्दै विरोध जनाएका हुन्। शिक्षकहरूको प्रदर्शनले काठमाडौं उपत्यकाका केही विद्यालयहरूमा पठनपाठन प्रभावित भएको थियो।

त्यस्तै, सहकारी तथा लघुवित्त पीडितहरूले समेत आफ्ना रकम फसेको र राज्यले उचित कदम नचालेको भन्दै सडकमा आक्रोश पोखेका छन्। उनीहरूले विभिन्न सहकारी संस्थाहरूमा राखिएको बचत फिर्ता गराउन सरकार गम्भीर नबनेको आरोप लगाएका छन्। यसरी तीन फरक समूहको एकैदिन गरिएको प्रदर्शनले राजधानीको जनजीवनमा असर पारेको छ भने सरकारलाई पनि चाप बढाएको छ। अब सरकार यी मागहरूमाथि के कदम चाल्छ भन्ने चासो बढ्दो छ।

#शिक्षक_आन्दोलन #राप्रपा #सहकारीपीडित #सुरकिखबर

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here