Home समाचार ललितपुरमा पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

ललितपुरमा पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

366
0

ललितपुर जेठ १६ ! नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा शुक्रबार ललितपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालको सहकार्यमा आयोजित यो शिविरमा सक्रिय पत्रकारहरूलाई लक्षित गरी विभिन्न स्वास्थ्य परीक्षणहरू गरिएको थियो।

शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, आँखा, दन्त, स्त्रीरोग, भिडियो एक्सरे, आरएफटी, एलएफटी, सीबीसी लगायतका परीक्षणहरू निःशुल्क प्रदान गरिएको थियो। साथै, ६० वर्षभन्दा माथिका पत्रकारहरूलाई निःशुल्क चश्मा वितरण गरिएको थियो।

महासंघका ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७८ जना पत्रकारले स्वास्थ्य परीक्षण गराएको जानकारी दिए। बज्रबाराही चापागाउँ अस्पतालका डा. अमरदिप साहका अनुसार, परीक्षण गराएका मध्ये २७ जनामा मधुमेह र १० जनामा उच्च रक्तचापको लक्षण देखिएको छ। उनले पत्रकारहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन आग्रह गरे।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले पत्रकारहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले शिविरको सफलताका लागि ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय र बज्रबाराही चापागाउँ अस्पताललाई धन्यवाद दिँदै यस्ता कार्यक्रम अन्य जिल्लामा पनि सञ्चालन गर्नुपर्ने बताए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here