Home अर्थ बजार २५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व...

२५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत पक्राउ

178
0

काठमाण्डौ जेठ १८ ! २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

विभिन्न फर्जी कागजात र नियामकीय प्रक्रियाको उल्लङ्घन गर्दै बैंकबाट ठूलो मात्रामा रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध लामो समयदेखि अनुसन्धान भइरहेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो।

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त पक्राउ बैंकिङ अपराध विरुद्धको महत्वपूर्ण सफलता भएको उल्लेख गरेको छ।

#नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here