एजेन्सी जेठ २९ ! भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार उक्त विमानमा चालक दलसहित २४२ जना सवार थिए।
यात्रुहरूमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज तथा १ जना क्यानाडाली रहेको बताइएको छ। दुर्घटनामा विमान पूर्णरूपमा जलेर नष्ट भएको छ। हालसम्म घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्दार कार्य जारी रहेको बताइएको छ।
अधिकारिहरूका अनुसार घटनाको अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। विमानको प्रकार, उडान नम्बर र दुर्घटनाको ठ्याक्कै कारणबारे अझै आधिकारिक पुष्टि हुन बाँकी छ।










