Home अन्तर्राष्ट्रिय ईजरायल–ईरान युद्ध अन्त्यको घोषणा, २४ घण्टाभित्र पूर्ण युद्धविराम लागू हुने राष्ट्रपति ट्रम्पको...

ईजरायल–ईरान युद्ध अन्त्यको घोषणा, २४ घण्टाभित्र पूर्ण युद्धविराम लागू हुने राष्ट्रपति ट्रम्पको भनाई

368
0

काठमाडौं, असार १० ! मध्यपूर्वमा १२ दिनदेखि जारी ईजरायल–ईरान युद्ध अन्त्यको दिशामा पुगेको अमेरिकी  राष्ट्रपति रोनाल्ड ट्रम ले उल्लेख गरेका छन् । दुबै देशबीच पूर्ण युद्धविरामको औपचारिक सहमति भएको जानकारी सार्वजनिक गरिएको छ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै, आगामी २४ घण्टाभित्र युद्ध स्थगन हुने घोषणा गरेका छन्। उनका अनुसार, दुबै पक्षले आ–आफ्ना सैन्य अभियानहरू समापन गर्ने क्रमसँगै युद्धविराम क्रमशः लागू हुनेछ।युद्धविरामको कार्यान्वयन तालिका यस प्रकार रहेको छ: अबको ६ घण्टापछि ईरानले युद्धविराम सुरू गर्नेछ,त्यसको १२ घण्टापछि इजरायलले युद्धविराम लागू गर्नेछ, २४ घण्टापछि दुबै पक्षको सहमतिपूर्वक युद्धको औपचारिक अन्त्य घोषणा गरिनेछ।

राष्ट्रपति ट्रम्पले यस युद्धलाई “१२ दिने युद्ध” भनी उल्लेख गरेका छन्। उनले दुबै राष्ट्रलाई “धैर्य, साहस र बुद्धिमत्ताका लागि बधाई” दिएका छन् र यो युद्ध अझै लम्बिन सक्ने र मध्यपूर्वलाई विनाशतर्फ लैजान सक्ने सम्भावना भएको भए पनि त्यसलाई रोक्न सकिएको बताएका छन्।

उनले अन्त्यमा भनेका छन्, > “ईश्वरले इजरायल, इरान, मध्यपूर्व, अमेरिका र समस्त विश्वलाई आशिष दिऊन्।”

हाल युद्धविरामको कार्यान्वयन प्रक्रियामा दुबै देशको अन्तिम मिसन समाप्त भएपछि अन्तर्राष्ट्रिय समुदायले यसलाई युद्धको अन्त्यको रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here