Home अर्थ बजार भारतमा मूल्यवृद्धिसँगै नेपालमा पनि इन्धन महँगियो

भारतमा मूल्यवृद्धिसँगै नेपालमा पनि इन्धन महँगियो

220
0

काठमाडौं असार १६ ! भारतमा इन्धन आयात मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ। पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको मूल्यवृद्धि भएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरी काठमाडौं, पोखरा र दिपायलमा १६५ रुपैयाँ निर्धारण गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य चार रुपैयाँले बढाएर १४९ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको दर प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि गरिएको छ।

निगमका प्रवक्ताका अनुसार भारतबाट आयात हुने इन्धनको मूल्य वृद्धि भएकाले सोहीअनुसार समायोजन गरिएको हो। इन्धन मूल्यवृद्धिले उपभोग्य वस्तु तथा सेवाको लागतमा समेत असर गर्ने देखिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here