Home राजनीति पिच गरेको एक महिनामै सडक भत्कियो, उपाध्यक्ष र वडाध्यक्षको नेतृत्वमा अनुगमन

पिच गरेको एक महिनामै सडक भत्कियो, उपाध्यक्ष र वडाध्यक्षको नेतृत्वमा अनुगमन

446
0

नुवाकोट  असार १६ ! तारकेश्वर गाउँपालिकामा हालै पिच गरिएको सडक (खड्गभन्ज्याङ -मजुवा ) भर्खरै एक महिनामै भत्किन थालेपछि जनस्तरबाट गम्भिर लापरबाही भएको आवाज उठेको छ। समस्या गम्भीर भएपछि गाउँपालिका उपाध्यक्ष हरीप्रसाद रिमाल, वडा अध्यक्ष नारायणप्रसाद रिमाल, प्राविधिक टोली र उपभोक्ता समितिको संयुक्त टोलीले सडकको अनुगमन थालेका छन्।

अनुगमनका क्रममा अधिकांश स्थानमा पिच उक्लिएको, सडकको गुणस्तरमा लापरवाही भएको देखिएको छ। नागरिकको गुनासोपछि ठेकेदार कम्पनीलाई तुरुन्तै पुनर्निर्माण गर्न निर्देशन दिइएको उपाध्यक्ष रिमालले जनाएका छन्।

स्थानीयहरूले भने निर्माणमा मनोमानी गर्ने ठेकेदार कम्पनीलाई कारबाहीको माग गरेका छन्। “हाम्रो कर तिर्ने पैसामा यस्तो भैराखेको छ,” एक उपभोक्ताले भने।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here