काठमाडौं साउन ६ ! सोमबार शेयर बजारका कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
हाल अग्रवाल प्रहरी हिरासतमा छन्। प्रहरीले उनीमाथि के कस्तो आरोप लागेको हो भन्ने विषयमा विस्तृत जानकारी भने दिएको छैन। अनुसन्धान जारी रहेको बताउँदै, प्रहरीले थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
शेयर बजारमा सक्रिय अग्रवालको नाम यसअघि पनि केही विवादमा जोडिएको चर्चा चलेको थियो। तर यसपटकको पक्राउ कुन घटनासँग सम्बन्धित हो भन्ने विषयमा आधिकारिक जानकारी आउन बाँकी छ।










