रसुवा साउन २६ ! जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलामा यस वर्ष वाईसीएल नेपाल र अखिल (क्रान्तिकारी) रसुवाले संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरी उल्लेखनीय योगदान दिएका छन्।
समुद्री सतहबाट करिब ४,४०० मिटर उचाइमा अवस्थित र भौगोलिक रूपमा चुनौतीपूर्ण मानिने गोसाइँकुण्डमा वर्षेनी देशभरबाट लाखौं स्वदेशी पर्यटक पुग्ने गर्छन्। पानी पर्ने मौसम, कठिन भूगोल र उचाइका कारण धेरैलाई स्वास्थ्य समस्या हुने भएकाले यस वर्ष दुवै संगठनले स्वास्थ्य सेवा अभियान सञ्चालन गरेका हुन्।
शिविरमार्फत करिब २,५०० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ। साथै, पाँच जना गम्भीर बिरामीको उद्दार गरी अस्पताल पुर्याइएको वाईसीएल अध्यक्ष पुस्प ओलीले जानकारी दिए।
चार दिनको रसुवा बसाइपश्चात टोली आईतबार मात्र काठमाडौं फर्किएको पनि अध्यक्ष ओलीले बताए।
फोटो फिचर











