Home मुख्य क्रान्तिकारी गायक नविन खड्काको “लालसलाम माओवादीलाई भोटहालम” गीत सार्वजनिक

क्रान्तिकारी गायक नविन खड्काको “लालसलाम माओवादीलाई भोटहालम” गीत सार्वजनिक

283
0

काठमाडौं कार्तिक ६ ! मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी क्रान्तिकारी गायक नविन खड्काको चुनावी गीत सार्वजनिक गरिएको छ । आईतवार “लाल सलाम माओबादीलाई भोटहालम” बोलको गीत सार्वजनिक भएको हो। गीतमा चर्चित गायक नविन खड्का र चर्चित गायिका टिका पुनको स्वर रहेको छ भने

विभिन्न पार्टीका चुनावी गीत आउन थालेका छन् । यसैक्रममा नेकपा माओवादी केन्द्रको चुनावी गीत सार्वजनिक भएको छ ।

सत्ता गठबन्धनलाई फाईदा हुने किसिमले गीत सृजना गरेको श्रजक खड्काले बताए।

गीतमा मार्मिक लोक भाका रहेको छ । गणतन्त्र संस्थागत गर्दै अब जनताको अवस्था परिबर्तन गर्ने पार्टी रहेकाे उल्लेख गरिएको छ। सम्पूर्ण देश बासी आमा बुबा दाजु भाई दिदी बहिनी र साथीभाईहरु मिलेर माओवादीलाई भोट हाल्न आग्रह गरिएको छ ।

खड्का वाईसिएल नेपालको केन्द्रिय सांस्कृतिक विभागीय प्रमुख समेत हुन। शव्द सङ्कलन तथा लय संयोजन खड्का आफैले गरेका छन्। गीत वाईसिएल नेपाल केन्द्रीय सांस्कृतिक विभागको समन्वय, प्रस्तुति तथा छायाङ्कनमा निर्माण गरिएको थियो।

 https://youtu.be/_DtpnegFgwc

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here