Home मुख्य चितवनमा चार सवारी ठक्कर

चितवनमा चार सवारी ठक्कर

236
0

काठमाडौं जेठ १४ ! राती १२: ३५ बजे चार सवारी एक आपसमा जुद्दा एकको घटना स्थलमा मृत्यु भएको र २२ जना घाइते भएका दुःखद् घटना भएको छ।

चितवन भरतपुर म.न.पा.२९ नारायणगढ मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा काठमाण्डौबाट प्युठान तर्फ आउदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढ देखि मुग्लिन तर्फ जादै गरेको ना ३ ख ७९१५ नं. को डिब्बा ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवास तर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ६ ख ८९६८ नं.को बस एक  आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटना हुँदा ४ वटा सवारी साधनका चालक सहित २३ जना घाईते भएको घाइतेहरुको हाल सम्म नाम थर वतन खुल्न बाँकी रहेको हाइवे प्रहरीले जनाएको छ।

इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा हाल नाम थर वतन नखुलेको १८ जनाको उपचार भई रहेको छ भने नयाँ मेडीकल कलेज भरतपुरमा थप ४ जनाको उपचार भई रहेको छ ।

घाईतेहरु मध्य जम्मा ७ जना गम्भिर छन् , १४ जना घाइतेहरु चोट पटक लागेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here