Home मुख्य लिङ्देनको स्पष्टिकरण : ‘राजसंस्था पुनस्र्थापना समितिमा राप्रपा छैन’

लिङ्देनको स्पष्टिकरण : ‘राजसंस्था पुनस्र्थापना समितिमा राप्रपा छैन’

264
0

काठमाडौं ! राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वमा गठन भएको राजसंस्था पुनस्र्थापना समितिमा राप्रपाको कुनै संलग्नता नभएको स्पष्ट पारेका छन्। उनले समितिको गठन प्रक्रियामा पार्टीलाई सहभागी नगराइएको र आफूलाई व्यक्तिगत रूपमा समेत नसोधिएको बताए।

समितिलाई राप्रपाको समर्थन छैन

लिङ्देनले सुवेदी नेतृत्वको समितिलाई पार्टीले कुनै पनि रूपमा मान्यता नदिने बताए। उनले समितिमा रहेका राप्रपा नेताहरूको भूमिकाबारे पार्टीमा छलफल हुने जानकारी दिए। लिङ्देनले भने, ‘राजसंस्था पुनस्र्थापना, हिन्दू राष्ट्र स्थापनाका पक्षमा हाम्रो समर्थन छ। तर, कसैले तोकेको समितिमा हामी सहभागी हुँदैनौं र पार्टीले यसको जिम्मेवारी लिँदैन।’

पार्टी आफ्ना मुद्दामा अडिग

लिङ्देनले राप्रपाको आफ्नै एजेन्डा स्पष्ट रहेको र घोषित कार्यक्रमहरू अघि बढ्ने बताए। समान उद्देश्य भएका समूहहरू गठन हुँदा राप्रपामा कुनै असर नपर्ने उनको भनाइ छ। ‘नयाँ समितिहरूलाई हाम्रो शुभकामना छ। पार्टीका कार्यकर्ताहरूलाई चिन्ता लिनु पर्ने कुनै कारण छैन,’ लिङ्देनले थपे।

राप्रपाले समितिमा संलग्न आफ्ना नेताहरूको भूमिकाबारे पार्टीभित्र छलफल गर्ने र आवश्यक निर्णय लिने बताइएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here