Home अर्थ बजार एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडद्वारा १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडद्वारा १८ लाख कित्ता आईपीओ निष्कासन गर्ने

226
0

काठमाडौँ ! एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १८ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले उक्त शेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

यस सम्बन्धमा काठमाडौँको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एनसिएग्रो टेक इण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक दीपक प्रसाद न्यौपाने र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

वि.सं. २०७५ साल कार्तिक ११ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको यस कम्पनीको केन्द्रीय कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नम्बर ८ ग्रीनल्याण्डमा रहेको छ। यस्तै, कम्पनीको उत्पादन क्षेत्र पूर्वी नवलपरासी, गैडाकोट–१४, नवलपुरमा अवस्थित छ।

कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले कम्पनीले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन तथा निर्यात गर्दै आएको छ। साथै, औषधीय महत्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रीफोला जस्ता च्याउ तथा तिनका माइसेलियमबाट क्याप्सुल उत्पादन गरी विदेश निर्यातसमेत गरिरहेको छ।

यसका अतिरिक्त कम्पनीले अत्याधुनिक प्रविधिबाट ड्राइ मशरुम, मशरुम सुप, क्यान मशरुम उत्पादन गर्दै आएको छ। च्याउ उत्पादनका लागि आवश्यक कम्पोष्ट उत्पादन गरी नेपालभरका किसानलाई उपलब्ध गराउने तथा च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोष्ट र बाँसबाट निस्कने भूषलाई प्रशोधन गरी वातावरणमैत्री कोइला उत्पादन गर्ने कार्य पनि गर्दै आएको छ।

कम्पनीले नेपालमा उत्पादन भइरहेका र नयाँ प्रजातिका च्याउको व्यावसायिक तालिम तथा उत्पादन प्रविधि प्रदान गर्दै सबै खालका च्याउका बिउ-बिजन उपलब्ध गराउँदै आएको छ। साथै, बाँसबाट टुथपिक, ससेज सिन्का, मुडाको सिन्का लगायतका उत्पादन पनि कम्पनीले गरिरहेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here