काठमाडौं! इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पाँचौँ खेलमा पञ्जाब किङ्स (पीबीकेएस) ले गुजरात टाइटन्स (जीटी) विरुद्ध ११ रनको रोमाञ्चक जित हासिल गरेको छ। यो खेल मार्च २५, २०२५ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न भएको थियो।
पहिले ब्याटिङ गर्दै, पञ्जाब किङ्सले ५ विकेटको क्षतिमा २४३ रनको विशाल स्कोर बनायो। कप्तान श्रेयस अय्यरले मात्र ४२ बलमा अविजित ९७ रनको उत्कृष्ट इनिङ खेले। उनलाई शशांक सिंहले साथ दिए, जसले १६ बलमा ४४ रनको तिब्र पारी खेलेर टोलीलाई बलियो स्थितिमा पुर्याए।
जवाफमा, गुजरात टाइटन्सले मजबुत प्रदर्शन गरे तापनि ५ विकेट गुमाएर २३२ रनमै सीमित भए। साइ सुदर्शनले ४१ बलमा ७४ रन बनाएर उच्च स्कोरर बने भने जोस बटलरले ३३ बलमा ५४ रनको तिव्र इनिङ खेले। यद्यपि, उनीहरू लक्ष्यसम्म पुग्न असफल भए र पञ्जाब किङ्सले ११ रनको जित दर्ता गर्यो।
यो जितले श्रेयस अय्यरको कप्तानीमा पञ्जाब किङ्सको सशक्त सुरुवातलाई दर्शाउँछ, जसले प्रतियोगिताको सुरुवातमै टोलीको दृढता र उद्देश्यलाई उजागर गरेको छ।










