Home मुख्य एमालेको दबाबपछि त्रिवि उपकुलपति बरालको राजीनामा

एमालेको दबाबपछि त्रिवि उपकुलपति बरालको राजीनामा

283
0

काठमाडौं  ! त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा बुझाएका छन्। बराललाई फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उपकुलपतिमा नियुक्त गरेको थियो। तर, सत्तारुढ दल नेकपा एमालेले उनको नियुक्ति र कार्यशैलीमाथि प्रश्न उठाउँदै आएको थियो। बरालले आफूलाई राजीनामा दिन बाध्य पारिएको गुनासो गरेका छन्।

बरालले २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति भएर चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए। उनको नेतृत्वमा पोखरा विश्वविद्यालयले उल्लेखनीय प्रगति गरेको थियो। तर, त्रिभुवन विश्वविद्यालयमा उनको कार्यकाल छोटो रहनुमा राजनीतिक दबाब मुख्य कारण भएको देखिन्छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here