काठमाडौं वैशाख १७ ! लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। बेलुका राति अबेरसम्म छलफल पछि सुराकी खबरसँगको कुराकानीमा मन्त्री पन्तले शिक्षकसँगको द्विपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र चाँडै निष्कर्षमा पुर्याउने प्रयास भइरहेको जनाए।
उता, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने शिक्षक महासंघले स्पष्ट पारेको छ। महासंघले सरकारसमक्ष ९ बुँदे माग पेस गरेको र उक्त माग सम्बोधन हुनेमा आफूहरु आशावादी रहेको उल्लेख गरेको छ।










