Home मुख्य दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागी थुनामा, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागी थुनामा, ३२ जना धरौटीमा रिहा

343
0

काठमाडौं, जेठ ३० ! चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतले तारा राजावादी भनेर चिनिने सरोज गौतम, अनुप राजावादी भनिने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई पनि थुनामा राख्न आदेश दिएको हो। साथै सोही घटनासँग सम्बन्धित अरू ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरातमा आदेश जारी गरिएको हो।

चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। त्यसैगरी निजी घर, सरकारी सवारी साधन, र जडिबुटी प्रशोधन केन्द्रमा आगजनीसमेत भएको थियो।

प्रहरीले घटनापछि ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध सार्वजनिक शान्ति भंग, तोडफोड, आगजनी र ज्यान मार्ने उद्योगजस्ता अभियोग लगाएको छ।

प्रदर्शनका क्रममा भएको हिंसा, आगजनी र मानवीय क्षतिप्रति सामाजिक तथा राजनीतिक तहबाट निन्दा गरिएको छ। घटनाको अनुसन्धान अझै जारी रहेको प्रहरीले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here