Home अन्तर्राष्ट्रिय भारतमा भयावह विमान दुर्घटना, २४१ जनाको मृत्यु, एकजना यात्रु जीवितै उद्धार

भारतमा भयावह विमान दुर्घटना, २४१ जनाको मृत्यु, एकजना यात्रु जीवितै उद्धार

355
0

नयाँ दिल्ली, जेठ ३० ! भारतमा भएको एउटा भयानक विमान दुर्घटनामा २४२ यात्रुहरुमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ मा यात्रा गरिरहेका यात्रुमध्ये एक जना यात्रु रमेश विश्वास कुमार जीवितै फेला परेको एयर इन्डियाले जनाएको छ।

दुर्घटनापछि उद्धार कार्यमा संलग्न टोलिले जहाजको भग्नावशेषमा खोजतलास गर्ने क्रममा ११A नम्बरको सिटमा रहेका कुमारलाई गम्भीर अवस्थामा उद्धार गरेको हो। उनी अहिले नजिकैको अस्पतालमा उपचाररत छन् र चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको छ।

के भयो?

उक्त विमान नियमित उडानमा रहेको बताइएको थियो, तर ल्यान्डिङको तयारीकै क्रममा प्राविधिक समस्या आएको र त्यसपछि विमान ध्वस्त भएको प्रारम्भिक रिपोर्टहरूमा उल्लेख छ। दुर्घटनास्थलमा तत्कालै उद्दार टोली परिचालन गरिएको थियो। मौसम लगायत कुनै पनि त्रुटि नभएको अवस्थामा पनि कसरी प्लेन दुर्घटनाग्रस्त भयो भन्ने कुरा बारेमा थप अनुसन्धान भइरहेको भारतिय नागरिक उड्यान प्राधिकरणले जनाएको छ।

घटनामा ज्यान गुमाएका परिवारलाई जनही एक करोड भारतिय रुपैयाँ दिने टाटा कम्पनी ले जनाएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।

एयर इन्डियाको आधिकारिक वक्तव्य अनुसार:

> “हामी अत्यन्त दुःखी छौं कि हाम्रो एआई १७१ उडानमा सवार २४१ यात्रुहरूको निधन भएको छ। हामी एक जना यात्रु जीवित भेटिएकोमा केही राहत महसुस गरिरहेका छौं। पीडितका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”

जांच सुरु

भारतीय नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको कारण पत्ता लगाउन विशेष जाँच समिति गठन गरेको छ। यस घटनाले भारतमा हवाई सुरक्षा सम्बन्धमा गम्भीर प्रश्न उठाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here