Home मुख्य नेकपा बहुमतका कार्यकर्ताबाट अदालतभित्रै कालोमोसो 

नेकपा बहुमतका कार्यकर्ताबाट अदालतभित्रै कालोमोसो 

308
0

वीरगञ्ज, जेठ ३० ! नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई बिहीबार नेकपा बहुमतका कार्यकर्ताले अदालतभित्रै कालो मोसो दलेर भौतिक आक्रमण गरेका छन्।

नेकपा बहुमत पार्टीका कार्यकर्ताहरूले आलमको रिहाईप्रति असन्तुष्टि जनाउँदै न्यायाधीश थारुलाई लक्षित गरी आक्रमण गरेका हुन्। उनीहरू अदालत परिसरमै प्रवेश गरेर थारुलाई कालो मोसो दलेका थिए भने गालीगलौज र धकेलधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

के भयो?

अफताब आलममाथि २०६४ सालको संसदीय निर्वाचनताका रौटहटमा बम विष्फोट गराई मानिसहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप थियो। उनीमाथि आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा मुद्दा चल्दै आएको थियो। तर, हालै उच्च अदालत वीरगञ्जले आलमलाई प्रमाण अभाव भएको भन्दै सफाइ दिएको थियो।

घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here