Home मुख्य गभर्नर महाप्रसाद अधिकारी विरुद्ध वाईसिएलद्वारा अख्तियारमा उजुरी दर्ता

गभर्नर महाप्रसाद अधिकारी विरुद्ध वाईसिएलद्वारा अख्तियारमा उजुरी दर्ता

135
0

काठमाडौं असार ३० ! नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

माओवादी केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका संयोजक सुमन देवकोटा र सह-संयोजक सुबोध सेर्पाली लगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलनेपालले आरोप लगाएको छ । पार्टीको सदस्यता लिएको व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उनी एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए।

बुधबार वाइसिएल र अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here