Home मुख्य गृहमन्त्री र महान्यााधिवक्ता बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता

गृहमन्त्री र महान्यााधिवक्ता बिरुद्द सर्वोच्चमा मुद्दा दर्ता

109
0

काठमाडौं जेठ १० ! गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेल विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश दिएको छ । बुधबार न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।

गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिना प्रकरणमा कुनै जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च गएका थिए।

सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालयको पत्रको वैधता माथि प्रश्न उठाएका थिए।  त्यसविरुद्ध अर्को रिट दिएका थिए। न्यायाधीश ढुंगानाको इजलासले भट्टराईको रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here