Home समाचार संसदको गतिरोध अन्त्यका लागि एकिकृत समाजवादीको पहल

संसदको गतिरोध अन्त्यका लागि एकिकृत समाजवादीको पहल

109
0

काठमाडौँ जेठ १० ! ने क पा एकीकृत समाजवादीको सचिवालय बैठकले सदनको गतिरोध अन्त्यका लागि मध्यमार्गी पहल गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भइसकेकाले सहमति खोज्न पार्टीले भूमिका निर्वाह गर्ने निर्णय गरेको उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपाली कांग्रेससँग छलफल गरी सदनको गतिरोध अन्त्य गर्न पार्टीका तर्फबाट पहल गर्ने जानकारी दिनुभयो ।

आजको बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको दस्तावेज १५ जेठमा जिल्लामा पठाउने र महाधिवेशन तयारीका लागि थप छलफल गर्न सचिवालयको अर्को बैठक १४ जेठमा बस्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको दसौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने उक्त पार्टीले जनाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here