दीपेन्द्र श्रेष्ठ
धादिङ जेठ ३२ ! धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा रहेको ‘सल्यानटार स्पोर्टस् एकेडेमी’ले शनिवार देखि औपचारिक रुपमा फुटबल प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ। उक्त क्षेत्रमा खेलकुद र शारीरिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले यो पहल गरिएको व्यवस्थापक दिलीप श्रेष्ठले बताए ।
एकेडेमीले स्थानीय प्रतिभालाई हुर्काउन र विभिन्न खेलकुद गतिविधिहरूका लागि सुविधा उपलब्ध गराउने हबको रूपमा काम गर्ने अपेक्षा राखिएको व्यवस्थापक श्रेष्ठको भनाई थियो।एकेडेमीले यस क्षेत्रका महत्वाकांक्षी फुटबलरहरूलाई व्यावसायिक प्रशिक्षण प्राप्त गर्न र उनीहरूको खेलकुद क्षमता अभिवृद्धि गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
सल्यानटार, आगिन्चोक र मुलपानी लगायतका धेरै गाविस गाभिएर गठन भएको त्रिपुरासुन्दरी गाउँपालिकाले शिक्षा र खेलकुदलाई सहयोग पुर्याउन आफ्नो पूर्वाधारको विकास गर्दै आएको छ। सल्यानटार आफैंमा यसको भौगोलिक महत्व र सांस्कृतिक सम्पदाको लागि उल्लेखनीय रहेको छ।










