Home मुख्य कांग्रेसले डाक्यो पदाधिकारी बैठक

कांग्रेसले डाक्यो पदाधिकारी बैठक

108
0

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र वरिष्ठ  नेताहरुको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठ स्थित आफ्नो निवासमा बैठक बोलाएको  काँग्रेस निकट स्रोतले जनाएको छ।

शनिवार राजधानीमा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका विषयमा समेत  छलफल हुने एक काँग्रेस नेताले जानकारी दिए । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । आन्तरिक विषय हो उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने बताईएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here