Home मुख्य नक्कली भुटानी शरणार्थी प्रकरण : झा पक्राउ गर्ने विशेष ब्युरो डिआईजी...

नक्कली भुटानी शरणार्थी प्रकरण : झा पक्राउ गर्ने विशेष ब्युरो डिआईजी केसी सरुवा

155
0

काठमाडौं! नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरी बेचन झा र प्रतीक थापालाई पक्राउ गरेका डिआईजी मनोज केसीलाई सरकारले सरुवा गरेको छ । काँग्रेस  एमाले गठबन्धन पछि  बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री रहेका रमेश लेखकले उनलाई सरुवा गरेका हुन्।

कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा समेत संलग्न रहेको आरोप लागेको उक्त प्रकरण छानविनका लागि खटिएका प्रहरी डिआईजी नयाँ सरकार गठन भए सँगै सरुवा गरिएको हो। बेचन झा पक्राउ परेसँगै आरजु राणा देउवा समेतको संलग्नता खुल्ने आंकलन गरिएको थियो।

दुई महिना नपुग्दै विशेष ब्युरोबाट डिआईजी केसीलाई सरुवा गरिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here