Home मुख्य जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुरक्षाको कारण देखाउदै दिए प्रहरीमा निबेदन

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुरक्षाको कारण देखाउदै दिए प्रहरीमा निबेदन

153
0

काठमाडौँ ! जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र उनकी पत्नी सोनी सिन्धु रानीले सुरक्षाको कारण देखाउदै प्रहरीमा निबेदन दिएका छन् l

उनीहरुले एक अर्काविरुद्ध सुरक्षा खतरा भएको भन्दै  प्रहरीसमक्ष निवेदन दिएका हुन् ।

जिल्ला प्रहरी स्रोत ललितपुरका अनुसार, राउतले प्रहरी प्रभाग इमाडोल र उनकी पत्नीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएको बुझिएको छ।

राउतले इमाडोलमा श्रीमतीविरुद्ध शान्ति सुरक्षा माग गर्दै निवेदन दिएको केही दिनपछि गत शुक्रबार उनीविरुद्ध पनि रानीले उजुरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

घरेलु बिबादको कारण एक अर्का बिरुद्द निबेदन दिएको प्रहरी स्रोतले जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here