Home मुख्य अब युक्रेनले रुसमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने, युद्ध चर्किने सम्भावना

अब युक्रेनले रुसमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने, युद्ध चर्किने सम्भावना

141
0

एजेन्सी ! रूस युक्रेन युद्ध अझ चर्किने संकेत देखिएको छ । अमेरिकाले आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) ३०० किलोमिटर परसम्म पुग्न सक्ने क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिए सँगै युद्ध चर्किने संकेत देखिएको हो ।

यो क्षेप्यास्त्र तीव्रको हुन्छ यसलाई बीचमै रोक्न नसकिने खालको हुने अमेरिकाले जनाएको छ ।

भर्खरै भएको आम निर्वाचन पछि डोनाल ट्रम्पलको जीत सँगै राष्ट्रपति पद कार्यभार सम्हाल्नु अघि युद्ध रोक्ने चर्चा गरिएको थियो। जो बाइडेन प्रशासनले उक्त क्षेप्यास्त्र प्रहार गर्ने अनुमति दिए सँगै पुनः युद्ध चर्किने संकेत देखिएको हो । आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएका हुन् ।

यस विषयलाई लिएर रुसले भने अमेरिकाले थप युद्ध चर्काउन आगोमा घ्यु थपेको बताएको छ। रुसले भने अमेरिकामा बनेको  त्यस्ता क्षेप्यास्त्र प्रहार गरे आफुहरुले आणविक हतियार प्रयोग गर्ने यस अघि नै जनाएको थियो ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here