Home मुख्य त्री विको २४०० रोपनी जग्गा हिनामिना

त्री विको २४०० रोपनी जग्गा हिनामिना

314
0

काठमाडौं ! जेठ १८ गते बसेको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको खोजी गर्न गठन गरेको समितिले 2400 रोपनी हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको छ। त्रिविको जग्गा अपचलनमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानुनबमोजिम कारबाहीको सिफारिससहित प्रतिवेदन सार्वजनिक गरेको हो।

उक्त मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा, भवन लगायत अचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिलाई लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेस गर्न भनिएको थियो ।
समिति पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीवल्लभ अधिकारी सदस्य थिए । त्यस्तै प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सदस्य सचिव पनि थिए।

उपत्यकाका विभिन्न ठाउँहरुमा त्रीबिको नाममा जग्गा रहेको पनि प्रतिवेदनमा खुलासा गरेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here