Home अर्थ बजार स्पेनमा नेपाली राजदूतको कार्लोस जेभियर सोबेरा प्राडोसँग भेटवार्ता

स्पेनमा नेपाली राजदूतको कार्लोस जेभियर सोबेरा प्राडोसँग भेटवार्ता

265
0

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले प्रसिद्ध स्पेनी अभिनेता कार्लोस जेभियर सोबेरा प्राडो र प्रहरी एकेडेमीका प्राध्यापक गोन्जालो चिचारोलाई उनीहरूका श्रीमतीहरूसँगै नेपाली राजदूतावासमा आयोजित विशिष्ट नेपाली रात्रिभोजमा स्वागत गरेका छन्।

यस विशेष अवसरमा नेपाल-स्पेन सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन र भविष्यका सहकार्यका अवसरहरू बारे व्यापक छलफल भएको थियो।

राजदूत नेपालले नेपाल र स्पेनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन सांस्कृतिक सहकार्य र पर्यटन प्रवर्द्धनमा विशेष जोड दिएका थिए । साथै, उनले नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटन क्षेत्रको अपार सम्भावनाबारे जानकारी गराएका थिए।

प्रसिद्ध टेलिभिजन प्रस्तोता र अभिनेता सोबेरा ले नेपालप्रति आफ्नो रुचि व्यक्त गर्दै नेपाली संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सकिने विभिन्न उपायहरूबारे छलफल गरे ।

यो भेटवार्ताले नेपाल-स्पेन सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशबीच सांस्कृतिक सहकार्य र पर्यटन क्षेत्रमा नयाँ अवसरहरू खोल्ने विश्वास गरिएको छ।

नेपाल-स्पेन मैत्री सम्बन्ध सुदृढीकरणका लागि यस्तो उच्चस्तरीय भेटघाट भविष्यमा पनि निरन्तर हुने अपेक्षा गरिएको छ।

#नेपालस्पेनसम्बन्ध #सांस्कृतिकआदानप्रदान #पर्यटनप्रवर्द्धन #NepalSpainFriendship

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here