Home मुख्य संसद बन्न अत्यधिक पैसा खर्चगर्नुपर्ने प्रणालीमा सुधार आवश्यक: प्रचण्ड

संसद बन्न अत्यधिक पैसा खर्चगर्नुपर्ने प्रणालीमा सुधार आवश्यक: प्रचण्ड

275
0

काठमाडौं ! पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्। उनले सांसद बन्न अत्यधिक खर्च गर्नु पर्ने, मन्त्री बन्न करोडौंको चलखेल हुने र त्यसपछि भ्रष्टाचार संस्थागत हुने प्रवृत्तिले व्यवस्थामा गम्भीर समस्या पैदा गरेको उल्लेख गरे।

उनका अनुसार, सांसद बन्ने प्रक्रियामा लागेको खर्च उठाउने बाध्यता र त्यसबाट उत्पन्न हुने भ्रष्टाचार नियन्त्रण गर्न प्रणालीगत सुधार जरुरी छ। उनले यस्ता विकृतिहरू हटाउन राजनीतिक, कानुनी र प्रशासनिक तहमा व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here