Home राजनीति वाईसिएल नेपालका अध्यक्ष शेर्पाली द्वारा प्रधानमन्त्री र ऊर्जामन्त्री जाने कार्यक्रम बहिष्कार गर्न...

वाईसिएल नेपालका अध्यक्ष शेर्पाली द्वारा प्रधानमन्त्री र ऊर्जामन्त्री जाने कार्यक्रम बहिष्कार गर्न युवाहरुलाई आह्वान

186
0

काठमाडौं। वाईसिएल नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई आलोचना गर्दै यसलाई अत्यन्त निराशाजनक र दुर्भाग्यपूर्ण भनेका छन्। उनले भने, “कुलमान घिसिङको कार्यकालमा अझै ४ महिना बाँकी रहेको अवस्थामा उनलाई सेटिङवालाहरूको दबाबमा बर्खास्त गर्नु एकदम गलत कदम हो। यसले सरकारको कमजोरी र अस्थिरता प्रकट गर्दछ।”

शेर्पालीले थपे, “कुलमान घिसिङ एक सक्षम व्यवस्थापक हुन्, जसको पछाडि लाखौं नागरिकहरूको समर्थन छ। उनले देशलाई लोडसेडिङमुक्त बनाउनमा महत्वपूर्ण भूमिका निभाएका थिए। उनका प्रयासले मात्र भ्रष्टाचार र बिचौलियालाई नियन्त्रण गर्न र देशलाई समृद्ध बनाउन मद्दत पुर्यायो।”

उनले सरकारको निर्णयका विरोधमा नागरिकस्तरबाट प्रतिवाद गर्न आह्वान गरे र आगामी सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको सहभागिता बहिष्कार गर्न युवाहरूलाई आग्रह गरे। “युवा साथीहरू, प्रतिरोधका लागि तयार रहनुहोस् र सरकारको गलत निर्णयको विरोध गर्नुहोस्,” उनले भने।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here