काठमाडौं! ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। चैत १२ गते मंगलबार सम्पन्न भएको गोलाप्रथामार्फत बाँडफाँडमा १ लाख ४७ हजार ६०० जना भाग्यशाली आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए। तर, २ लाख ८ हजार २७८ आवेदन विभिन्न कारणले रद्द भएको क्यापिटलले जनाएको छ।
१८ लाख ४८ हजार २९८ जना वैध आवेदकमध्ये मात्र भाग्यशालीहरुले शेयर पाएका छन् भने बाँकी आवेदकले शेयर प्राप्त गर्न सकेनन्।
यो आईपीओमा धेरैको चासो देखिएको थियो, जसका कारण आवेदन दिनेहरूको संख्या उच्च रहेको थियो।










