काठमाडौं ! आगामी जेठ १७-१९ मा काठमाडौंमा हुने वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित विशेष प्रदेश समितिको पूर्ण बैठक पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न भएको छ।
संगठनका फ्र्याक्सन इन्चार्ज क. रामप्रसाद सापकोटा ‘दिपशिखा’ को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली को विशेष उपस्थिति रहेको थियो।
बैठकमा अध्यक्ष सेर्पालीले केपी ओली द्वारा कुलमान घिसिङ माथिको हमलालाई प्रतिगमनको संकेत भन्दै युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान गरे।
बैठकले संगठनलाई बलियो बनाउन सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा, पालिका, जिल्ला र प्रदेश सम्मेलन सञ्चालनका लागि ठोस कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
बैठकमा प्रमुख अतिथि दिपशिखा ले प्रशिक्षण दिएका थिए भने बैठकको जानकारी प्रचार विभाग प्रमुख नवराज ऐर ले दिएका छन्।










