Home मुख्य आन्दोलन हिंसात्मक बनाई भागेको आरोप 

आन्दोलन हिंसात्मक बनाई भागेको आरोप 

263
0

काठमाडौं ! नेकपा (एमाले) का नेता महेश बस्नेतले पछिल्लो समय भएका आन्दोलनहरूबारे कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक व्यक्तिले आन्दोलन अघि आमाको र भगवानको कसम खाएर साथ दिने प्रतिबद्धता जनाए पनि अन्ततः जोगीको भेषमा भागेको आरोप लगाए।

बस्नेतले आन्दोलनलाई हिंसात्मक बनाइएको दाबी गर्दै केही संचारमाध्यम र व्यक्तिहरूलाई लक्षित आक्रमण गरिएको, भाटभटिनी सुपरमार्केट जलाइएको, लुटपाट गरिएको तथा निजी सम्पत्तिमा क्षति पुर्‍याइएको आरोप लगाए।

उनले उक्त घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताएका छन्। साथै, उनले दोषीहरू फरार भई अन्य अप्रिय घटना हुन नदिन छिटो कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here