Home मुख्य वायुप्रदूषण खतराको तहमा: स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउन आग्रह

वायुप्रदूषण खतराको तहमा: स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउन आग्रह

255
0

काठमाडौं ! काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको छ। यस अवस्थालाई मध्यनजर गर्दै, सरोकारवाला निकायहरूले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

अझै एक हप्ता सम्म यस्तै प्रदुषण युक्त अवस्था रहने सरोकारवाला निकायले उल्लेख गरेका छन् ।

प्रदूषणको असरलाई न्यूनीकरण गर्न निम्न सावधानीहरू अपनाउन अनुरोध गरिएको छ:

  • आवश्यक नभएसम्म घरमै बस्ने र कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्ने।
  • सवारी साधनको प्रयोग कम गर्ने र सार्वजनिक स्थानहरूको सफाइमा ध्यान दिने।
  • अत्यधिक धुलो तथा धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयका लागि स्थगित गर्ने।
  • फोहरमैलाको उचित व्यवस्थापन गर्ने र जलाउने कार्य नगर्ने।
  • वन डढेलो हुन नदिन तथा भएमा तत्काल नियन्त्रण गर्ने।
  • बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूको विशेष हेरचाह गर्ने।
  • बाहिर निस्कनै परे सुरक्षित मास्कको प्रयोग गर्ने।

सरकारका सम्बन्धित निकायहरूले वातावरणमैत्री उपायहरू अवलम्बन गर्न सबै नागरिकलाई आग्रह गर्दै वायुप्रदूषण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्न अनुरोध गरेका छन्।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here