Home समाचार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव एसियाकै उत्कृष्ट: ऊर्जामन्त्री खड्का

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव एसियाकै उत्कृष्ट: ऊर्जामन्त्री खड्का

319
0

काठमाडौं । ऊर्जामन्त्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको खुलेर प्रशंसा गरेका छन्। तत्कालिन कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाए पछि एक कार्यक्रममा बोल्दै मन्त्रीले शाक्यलाई *”एसियाकै उत्कृष्ट इन्जिनियर”*को संज्ञा दिएका हुन्।

“नेपाल विद्युत प्राधिकरणको हालको सफलता र व्यवस्थापनमा कार्यकारी निर्देशक शाक्यको ठूलो भूमिका छ,” मन्त्रीले भने, “उहाँजस्तो सक्षम प्राविधिक नेतृत्वको कारण नै हामी ऊर्जा क्षेत्रमा अगाडि बढिरहेका छौं।” साथै उनले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने पनि उल्लेख गरेका छन्।

ऊर्जामन्त्रीको यो अभिव्यक्ति हालै प्राधिकरणले हासिल गरेका प्रगति तथा आयोजना व्यवस्थापनप्रति सन्तुष्टि जनाउँदै आएको हो। मन्त्रीको यस्तो भनाइले प्राधिकरण भित्रका प्राविधिक तथा प्रशासनिक नेतृत्वप्रतिको सरकारी समर्थन झल्किएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here