Home राजनीति सरकारलाई सामुहिक गिरफ्तारी दिने राजावादीको चेतावनी

सरकारलाई सामुहिक गिरफ्तारी दिने राजावादीको चेतावनी

193
0

काठमाडौं, चैत्र २७ ! राजसंस्था पुनःस्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन समितिले सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै त्यसअवधिभित्र चैत १५ गतेको घटनामा पक्राउ परेका नेताहरूको रिहाइ नभए सामूहिक रूपमा गिरफ्तारी दिन तयार हुने चेतावनी दिएको छ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिँदै भने, “हामी हाम्रा नेताहरूको रिहाइ माग्दै बारम्बार सरकारसमक्ष आवाज उठाइरहेका छौं। अब हाम्रो धैर्यको सीमा सकिएको छ। वैशाख २१ सम्म रिहा नगरे हामी सबै आन्दोलनकारीहरू आफैं गिरफ्तारी दिन जाँदैछौं।”

गुरुङले जनतामाझ राजसंस्थाप्रतिको भरोसा दिनप्रतिदिन बढ्दै गएको भन्दै अबका दिनमा आन्दोलनलाई अझ संगठित र सशक्त बनाउने बताए। उनले शान्तिपूर्ण आन्दोलनका नाममा दमन गर्ने सरकारी प्रवृत्तिको आलोचना गर्दै जनताको भावना र स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाउने प्रयास सफल नहुने दाबी गरे।

चैत १५ गते काठमाडौंको माइतीघरमा राजसंस्था पुनःस्थापनाका लागि आयोजित विरोध प्रदर्शनमा सहभागी केही नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग गर्दै समितिले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here