Home मुख्य नारायणघाट–बुटवल सडक खण्ड राति ११ देखि बिहान ५ बजेसम्म बन्द

नारायणघाट–बुटवल सडक खण्ड राति ११ देखि बिहान ५ बजेसम्म बन्द

406
0

चितवन, वैशाख १६ ! पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने खण्डमा मर्मत सम्भार र सडक विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेका छन्। यसै सन्दर्भमा सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा आजदेखि वैशाख ३१ गतेसम्म दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरिएको छ।

निर्माण कम्पनीका अनुसार रातिको समयमा सवारी चाप कम हुने भएकाले काम सहज हुने र दुर्घटनाको जोखिम पनि न्यूनीकरण हुने भएकाले यस्तो निर्णय लिइएको हो। यस अवधिमा सडक खण्डमा सवारी सञ्चालन नगर्न र यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न भौतिक योजना तथा यातयात मन्त्रालय अन्तर्गत सडक विभागले अनुरोध गरेको छ।

दाउन्ने क्षेत्रको सडक खण्ड विगतदेखि नै जोखिमपूर्ण मानिँदै आएको छ। निर्माण कार्य सम्पन्न भएपछि सडक सहज र सुरक्षित हुनेछ ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here