Home अन्तर्राष्ट्रिय सिरियाको राजधानी दमास्कसमा साम्प्रदायिक झडप, कम्तीमा १४ जनाको मृत्यु

सिरियाको राजधानी दमास्कसमा साम्प्रदायिक झडप, कम्तीमा १४ जनाको मृत्यु

220
0

 

एजेन्सी, वैशाख १७ l सिरियाको राजधानी दमास्कसको जरमाना उपनगरमा अप्रिल २९ मा भएको साम्प्रदायिक झडप पछि कम्तीमा १४ जनाको मृत्यु भएको छ।

झडपको सुरुआत एक अडियो क्लिप भाइरल भएपछि भएको हो, जसमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरिएको आरोप लगाइएको थियो। उक्त अडियो ड्रुज धर्मगुरु मारवान किवानसँग सम्बन्धित भएको दाबी गरिएको थियो।

तर किवानले अडियोमा आफ्नो संलग्नता अस्वीकार गर्दै यसलाई धार्मिक द्वन्द्व भड्काउने नियोजित प्रयास भनेका छन्। सिरियाली गृह मन्त्रालयको प्रारम्भिक अनुसन्धानले पनि किवान निर्दोष रहेको निष्कर्ष निकालेको छ।

स्थिति चर्किएपछि झडपमा परी १० देखि १४ जनासम्मको ज्यान गएको बताइएको छ। घटनापछि सरकारी अधिकारीहरू र स्थानीय समुदायबीच युद्धविरामको सहमति भएको छ। सम्झौताअनुसार पीडित परिवारलाई क्षतिपूर्ति दिइनेछ र दोषीमाथि कारबाही गरिनेछ।

यद्यपि, अघिल्ला यस्ता सम्झौता दीर्घकालीन रूपमा टिक्न नसकेको इतिहास भएकाले नयाँ सहमतिप्रति पनि आशंका व्यक्त गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here