काठमाडौं वैशाख १७ ! आईपीएल २०२५ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ। इडेन गार्डेन्स, कोलकातामा भएको खेलमा दिल्लीलाई पछ्याउँदै कोलकाताले महत्वपूर्ण जित निकालेको हो।
खेलको क्रममा कप्तान अजिंक्य रहाणे चोटका कारण मैदानबाट बाहिरिएपछि सुनिल नरेनले कप्तानी सम्हालेका थिए। उनले कप्तानीको जिम्मेवारी लिनासाथ बलिङ परिवर्तन र रणनीतिक निर्णयमार्फत खेलको दिशा नै मोडेका थिए। साथै, उनले ३ विकेटसमेत लिँदै टोलीलाई जिततर्फ डो¥याए। उत्कृष्ट प्रदर्शनका लागि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।










