Home खेलकुद आईपीएल २०२५: मुम्बई इन्डियन्सको बिस्फोटक जित, राजस्थान रोयल्स १०० रनले पराजित

आईपीएल २०२५: मुम्बई इन्डियन्सको बिस्फोटक जित, राजस्थान रोयल्स १०० रनले पराजित

414
0

जयपुर, वैशाख १८ ! मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको विशाल अन्तरले पराजित गर्दै आईपीएल २०२५ को प्लेअफ नजिक पुगेको छ। जयपुरस्थित सवाई मान सिंह स्टेडियममा बिहीबार भएको खेलमा मुम्बईले पहिलो ब्याटिङ गर्दै २१७ रनको विशाल योगफल खडा गर्‍याे।

मुम्बईका लागि रोहित शर्मा (५३) र रायन रिकेल्टन (६१) ले अर्धशतक प्रहार गरे भने कप्तान हार्दिक पाण्ड्या (४८*) र सूर्यकुमार यादव (४८*) ले पारीको अन्त्यतिर विस्फोटक प्रदर्शन गरे।

लक्ष्य पछ्याउन उत्रिएको राजस्थान रोयल्स १६.१ ओभरमा ११७ रनमै समेटिएको थियो। मुम्बईका बलरहरू उत्कृष्ट लयमा देखिए – ट्रेण्ट बोल्टले ३ विकेट लिए भने जसप्रीत बुमराहले २ विकेट र कर्ण शर्माले ३ विकेट लिएर विपक्षी टोलीको पारी ध्वस्त पारे।

यो जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ भने राजस्थान रोयल्सको प्लेअफ यात्रा समाप्त भएको छ। राजस्थानका प्रशिक्षक राहुल द्रविडले युवा कप्तान रियान परागलाई समर्थन जनाउँदै टोलीले सिकाइको अवसरका रूपमा हेर्नुपर्ने बताए।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here