Home मुख्य काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली प्रचण्डको पर्खाइमा

काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली प्रचण्डको पर्खाइमा

189
0
xr:d:DAFZTz0hTIo:797,j:2853927709,t:23041706

काठमाडौं वैशाख १९ ! सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने उद्देश्यले सिंहदरबारमा बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित रहेपछि प्रक्रिया निष्कर्षविहीन भएको छ। बैठकमा उनी उपस्थित नहुनुको कारण सरकार कुनै निर्णय गरेर आफूलाई मुछ्ने तयारीमा रहेको आशङ्का रहेको बताइएको छ।

प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलको पहलमा तीन पूर्वप्रधानमन्त्री—प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाबीच भेटवार्ता तय गरिएको थियो। ओली र देउवा समयमै सिंहदरबार पुगेर आधा घण्टाभन्दा बढी कुर्दा पनि प्रचण्ड बैठकमा पुगेनन्।

प्रचण्डको अनुपस्थितिको पृष्ठभूमिमा अघिल्लो घटनाक्रमलाई जोडेर विश्लेषण गरिएको छ। केही समयअघि सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी छलफल गरेलगत्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको थियो। त्यसपछि प्रचण्डमाथि ‘टीआरसीसँग कुलमान साटिएको’ आरोप समेत लागेको थियो।

त्यही अनुभव दोहोरिने आशङ्काका कारण प्रचण्ड बैठकमा नगएको स्रोतको दाबी छ। सरकार फेरि त्यस्तै रणनीति अपनाउन सक्ने विश्वास उनले गरेका थिए। यसले गर्दा टीआरसीको संवेदनशील विषयमा सहमति जुटाउने प्रयास तत्कालका लागि रोकिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here