Home खेलकुद एपीएफलाई प्रचण्ड कप महिला भलिबलको उपाधि

एपीएफलाई प्रचण्ड कप महिला भलिबलको उपाधि

369
0

पोखरा, जेठ ३१ ! पोखरा रंगशालास्थित बहुउद्देश्यीय कर्भड हलमा सम्पन्न प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले विजयी हुँदै उपाधि उचालेको छ।

शनिबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। उत्कृष्ट समन्वय र बलियो रक्षात्मक खेल प्रस्तुत गरेको एपीएफ टोलीले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१७ को स्कोरसहित सहज जित दर्ता गरेको थियो।

तेस्रो स्थान न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा न्यु डायमण्ड स्पोर्ट्स क्लबले एभरेष्ट भलिबल क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो। पहिलो सेट २५–१६, दोस्रो २५–१४ र तेस्रो २५–२० को स्कोरले न्यु डायमण्डले जित सुनिश्चित गर्‍यो।

पुरस्कार विवरण यस प्रकार छन्:

🥇 विजेता नेपाल एपीएफ क्लब – नगद रु ६,००,०००

🥈 उपविजेता नेपाल पुलिस क्लब – नगद रु ३,००,०००

🥉 तेस्रो न्यु डायमण्ड स्पोर्ट्स क्लब – नगद रु १,००,०००

व्यक्तिगत विधागत पुरस्कार

🏆 सर्वोत्कृष्ट खेलाडी (MVP) – नगद रु ३०,०००

🎖 विधागत उत्कृष्ट खेलाडीहरू (सर्वश्रेष्ठ सर्भर, डिफेन्डर, ब्लकर, सेटर आदि) – प्रत्येकलाई रु २०,०००

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन गरिएको थियो, जसमा देशका प्रमुख महिला भलिबल क्लबहरूले सहभागिता जनाएका थिए। आयोजकको अनुसार, प्रतियोगिताको उद्देश्य महिला भलिबलको स्तर उकास्नु र राष्ट्रिय खेलाडीहरूको छनोट प्रक्रियालाई सहयोग पुर्‍याउनु हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here