Home मनोरञ्जन ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

144
0

काठमाडौं, असार २ ! आगामी साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म *‘सिटामोल’*को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ।

देउडा र लोक संगीतको मिठास समेटिएको उक्त गीतमा प्रमुख कलाकार सौगात मल्ल र बेनिशा हमाललाई फिचर गरिएको छ। गीतमा बाबुल गिरीको संगीत तथा स्वर, गोविन्द भट्टको शब्द र शान्तिश्री परियारको साथ स्वर रहेको छ। गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिक गर्ने विशेष समारोहमा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। निर्देशक राज बहादुर सानेले ‘सिटामोल’ फिल्मले आफ्नो करिअरलाई नयाँ मोड दिने विश्वास व्यक्त गरे।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको यस चलचित्रमा सौगात र बेनिशासहित अन्य दर्जनौं कलाकारको अभिनय रहेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here