काठमाडौं, असार २ ! सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचार गर्दै नेपाली कांग्रेस र नेकपा एमालेविरुद्ध टिकटक भिडियो बनाउने ३१ वर्षीय रमा बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको खबर सार्वजनिक भएको छ। उनी रवि लामिछानेका कट्टर समर्थकका रूपमा चिनिन्थे।
प्रहरीले उनलाई कुन मुद्दामा र के आधारमा पक्राउ गरिएको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो कदमलाई “अभिव्यक्ति स्वतन्त्रतामाथि दमन”को रूपमा व्याख्या गर्दै सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन्।
एक प्रयोगकर्ताले लेखेका छन्, “सरकारले नागरिकको आवाज दबाउन खोजिरहेको छ, जसले लोकतन्त्रकै आधारभूत मूल्यमा आघात पु¥याउँछ।”
सरकार वा साइबर ब्युरोको तर्फबाट हालसम्म आधिकारिक प्रतिक्रिया प्राप्त नभइसकेकोले घटनाको पुष्टि र विस्तृत पृष्ठभूमिका लागि थप अनुसन्धान आवश्यक छ।










