Home अन्तर्राष्ट्रिय इजरायल र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय तेलको मूल्य अस्थिर

इजरायल र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय तेलको मूल्य अस्थिर

152
0

काठमाडौं असार ४ ! मध्यपूर्वमा पुनः चर्किएको तनावले विश्व बजारमा कच्चा तेलको मूल्य फेरि अस्थिर बनेको छ। इजरायल र इरानबीचको युद्ध–उन्मुख द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यवृद्धिको संकेत देखिन थालेको छ। विशेषगरी ओपेक देशहरूमध्ये इरान महत्वपूर्ण तेल उत्पादक राष्ट्र भएकाले त्यहाँको राजनीतिक–सैन्य अस्थिरताले आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको छ।

अप्रिलदेखि इजरायल र इरानबीच चर्किंदो तनावले तेलको मूल्य पुनः बर्सेनि उच्चतम बिन्दुमा पुग्ने आँकलन गरिएको छ। ब्रेन्ट क्रुडको मूल्य फेरि ८५ डलर प्रति ब्यारेलको हाराहारीमा पुगेको छ, जसले अन्तर्राष्ट्रिय व्यापार र ढुवानी लागतमा सीधा असर पारेको छ।

नेपाल जस्तो तेल आयातमा पूर्ण निर्भर मुलुकका लागि यो अवस्थाले प्रत्यक्ष प्रभाव पार्ने सम्भावना प्रबल छ। हालै नेपाल आयल निगमले तेलको भाउ समायोजन गर्दै मूल्य केही घटाएको भए पनि यो अवस्था दीर्घकालीन रहँदा मूल्य फेरि चुलिने निश्चितप्राय देखिएको छ।

नेपाल आयल निगमका एक उच्च स्रोतका अनुसार, “यदि यस्ता युद्धजन्य परिस्थितिले अन्तर्राष्ट्रिय बजारमा लगातार असर पारिरह्यो भने मूल्य समायोजन गर्न बाध्य हुन्छौं।” उनका अनुसार भारतको इन्डियन आयल कर्पोरेसन (IOC) मार्फत नेपालले आयात गर्ने मूल्यमा समेत उतार–चढाव आउन थालिसकेको छ।

नेपालमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्यमा सामान्य परिवर्तनले पनि उत्पादन लागत, यातायात खर्च, र उपभोग्य वस्तुहरूको मूल्यमा प्रत्यक्ष असर पार्छ। व्यापार विश्लेषकहरू भन्छन्, “नेपालको मुद्रास्फीति प्रत्यक्ष रूपमा इन्धनको मूल्यसँग गाँसिएको छ। अन्तर्राष्ट्रिय बजारमा तेल महँगो भयो भने, नेपालको आर्थिक स्थायित्वमा नकारात्मक प्रभाव पर्ने निश्चित छ।”

युद्ध दीर्घकालीन भएमा अन्तर्राष्ट्रिय आपूर्ति संकट थप चर्किने र त्यही मारमा नेपालजस्ता विकाशोन्मुख मुलुक पर्ने जोखिम अधिक हुन्छ। ऊर्जा सुरक्षा र विकल्पको खोजी नगरेसम्म यस्तो अस्थिरता झनै खतरनाक हुन सक्ने विज्ञहरूको चेतावनी छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here